Logo

सन्तोष पन्तले भने,‘म ती युवतीसँग घुम्दापनि मेरी श्रीमतिले केही भनिनन् (भिडियोसहित)



हाँस्यकलाकार सन्तोष पन्तसँग पत्रकार ऋषि धमलाले धमलाको हमलामा गरेको कुराकानीको सम्पादित अंश ः

आजको दिनमा खुसि हुनुहुन्छ ?

दुःखी हुने कारण नै छैन् नि । किन दुःखी हुने ।

तपाईको जीवन तपाईकै कारण कोही दुखी भएनन् ?

भए होलान् । जसले समाजमा उपर्दो गर्छ । स्वास्नी कुट्छ । त्यस्तो मान्छे मदेखी रिसाए होलान । अर्को कुरा जो घुसखोरी हो । त्यस्तो मानिस म बाट रिसाए होलान् ।

तपाईका सबै कुरा सत्य छन् ?

एकदम सहि छन् ।

चर्चीत कार्यक्रम हिजो आज पछिल्लो समयमा बन्द भयो नि ?

त्यो कुरा नेपाल टेलीभिजनलाई सोध्नु न ।

सन्तोस पन्तलाई थाह होला नि ?

मलाई त थाह छैन् ।

आज बताउनैपर्छ, जनता जान्न चाहन्छन?

खाली जनता जान्न चाहन्छन् भनेर हुन्छ । जनता केही जान्न चाहन्नन् ।

तपाईकै मुखबाट सुन्न चाहन्छन् नि त जनताले ?

मेरो मुखबाट के सुनाउने ? नेपाल टेलिभिजनसँग गरिएको पछिल्लो कार्यक्रम भन्दा पछिल्लो कार्यक्रमको एउटा सम्झौता पत्र अझै मसँग छ ।

अहिलेसम्म पनि सम्झौता छ ?
छ ।

 



प्रतिक्रिया दिनुहोस्