Logo

विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक महोत्सव गरिने



इटहरी, २६ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले यही साउन २८ गते सदरमुकाम इनरुवामा २३आँै विश्व आदिवासी दिवस भव्य सांस्कृतिक महोत्सवका रुपमा मनाउने तयारी पूरा गरेको छ ।

महासङ्घको सुनसरी जिल्ला अध्यक्ष रामकुमार राईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रममा सुनसरी जिल्लाका १९ आदिवासी जनजाति समुदायबाट जातीय वेशभूषा झल्कने पहिरन, झाँकी तथा बाजागाजासहित सहभागिता जनाइने जानकारी दिनुभयो ।

त्यस अवसरमा विभिन्न जातिका विशेष योगदान पु¥याएका महानुभाव र विशेषज्ञसमेतको सहभागिता रहने अपेक्षा आयोजकले राखेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाति नेताहरु किरण सुनवार र डा महेन्द्र लावतीलगायतको सहभागिता हुने पनि अध्यक्ष राईले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्