Logo

‘धूम २’, ‘हामी शरणार्थी’ र ‘देश खोज्दै जाँदा’ भदौ ८ मा प्रदर्शन हुने



काठमाडौं, ३ भदौ । टीजर र शिर्ष गीत सार्वजनिक गरेर निर्माण पक्षले चलचित्र ‘तिमीसँग’को रिलिज यहि भददौ ८ गते तय गरेको थियो ।
यस अघि यो मितिमा नायक अनमोल के.सी अभिनित चलचित्र ‘कृ’ रिलिज हुने कुरा थियो । तर छायाँकन लम्बिएपछि यो मितिमा अन्य ५ चलचित्रले रिलिजको मिति तय गरेका छन् ।

सौगात मल्ल अभिनित चलचित्र ‘झ्यानाकुटी’, साम्राज्ञी अभिनित ‘तिमीसँग’, जय किशन बस्नेत अभिनित ‘धूम २’, शिल्पा पोखरेल अभिनित ‘हामी शरणार्थी’ र बाबु बोगटी र हेमन्त बुढाथोकी अभिनित फिल्म ‘देश खोज्दै जाँदा’ले भाद्र ८ गतेलाई रिलिज फाइनल गरेका थिए ।
भाद्र ८ बाट हात झिक्दै ‘झ्यानाकुटी’ले कात्तिक १७ लाई रिलिज कन्फर्म गरेको छ भने साम्राज्ञी अभिनित फिल्म ‘तिमीसँग’को पनि रिलिज पोष्टपोन्ड भएको छ ।

‘तिमीसँग’को रिलिज पोष्टपोन्ड हुनुको मुख्य कारण फिल्म ’ए मेरो हजुर २’ मानिएको छ । साम्राज्ञी अभिनित यस वर्षको प्रतिक्षित फिल्म ’ए मेरो हजुर २’ भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

‘तिमीसँग’ रिलिजको एक हप्तापछि एउटै नायिका अभिनित फिल्म ’ए मेरो हजुर २’ रिलिज हुने भएपछि आपसी समझदारीमा ‘तिमीसँग’को रिलिज पोष्टपोन्ड भएको खबर छ ।

‘तिमीसँग’ को नयाँ रिलिज डेट कन्फर्म गरिएको छैन् । स्रोतका अनुसार, फिल्मलाई कात्तिक २४ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ । यस विषयमा ‘तिमीसँग’ का निर्देशक तथा निर्माता शिशिर राणासँग बुझ्न खोज्दा फोनसम्पर्क हुन सकेन ।

‘तिमीसँग’ र ‘झ्यानाकुटी’ले भदौ ८ गतेबाट हात झिकेपछि अब यो मितिमा तीन फिल्मको भिडन्त हुनेछ । भदौ ८ गते ‘धूम २’, ‘हामी शरणार्थी’ र ‘देश खोज्दै जाँदा’ प्रदर्शनमा आउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्