Logo

नेवारी मौलिक संस्कृति गुँलाबाजा



काठमाडौँ, ४ भदौ ।
जय नमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस विज्यात,
ब्रम्हानं बँ पुयेका सरस्वति वसा लायका,
अलंका पुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।

यो हरेक वर्ष नेवार समुदायको महानमेला गुँला पर्वका अवसरमा एक महिनासम्म स्वयम्भू चैत्यको परिक्रमा गर्ने क्रममा काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले गुँलाबाजा बजाउँदै गाउने परम्परागत प्राचीन गीतको एउटा श्लोक हो ।

यसको नेपालीमा अर्थ हो–भगवान् बुद्धको लुम्बिनी आगमनका बेला लुम्बिनीसम्मको बाटोभरि विश्व सृष्टिकर्ता ब्रह्माले कुचो लगाउँदै, देवी सरस्वतीले वसा अर्थात् ९भगवान् बुद्धको सम्मानमा एक प्रकारको पातलो रातो र सेतो कपडा कार्पेट बिच्छ्याउँदै० तथा अलंकापुरका राजा कुवेरले त्यो बाटोभरि पैसा, धन बर्साइँदै स्वागत गरेको भन्ने बुझिन्छ ।

नेपाल संवत्को १० औँ महिनामा पर्ने गुँला पर्वका अवसरमा काठमाडौँका बौद्ध धर्मावलम्बी गुँला पर्वको एक महिना काठमाडौँको स्वयम्भू चैत्यको परिक्रमा गर्ने परम्परा रहेको छ ।

विश्व शान्तिको प्रतीक स्वयम्भू चैत्यको दर्शन गर्दा उनीहरुले बुद्ध भगवान्को पवित्र ग्रन्थ पाठ गर्ने प्रचलन छ र परम्परागत गुँला बाजा बजाउने गर्दछन् । सेभ नेपाली हेरिट्ेजका प्रमुख आलोक तुलाधरका अनुसार महिनाभरि बजाउनुपर्ने भएकाले गुँला पर्व आउनुअघि नै गुँलाबाजाको प्रशिक्षण युवालाई दिइने र काठमाडौँका मानन्धर, डंगोल, ताम्राकार आदि जातजाति स्वयम्भू चैत्यको परिक्रमा गर्ने गर्दछन् ।

गुँला बाजाको इतिहास लगभग २५०० वर्ष पुरानो परम्परा हो । यो बाजा नेवार समुदायको लोक संस्कृति हो । बुद्धधर्मसँग आबद्ध छ, तर यो पारस्परिक मात्र नभएर धर्मसँग पनि जोडिएको हँुदा, गुँला बाजा बजाउने विधि तथा प्रक्रिया अन्य बाजाभन्दा निक्कै फरक हुन्छ ।

बौद्धविद्वान एलिना ताम्राकार भन्नुहुन्छ,“गुँला बाजा बजाउँदा सधैँ बाजाको शुरु गर्दा तथा बाजाको अन्त्य गर्दा ‘द्यः ल्हाय्ग’ ‘बोलबाट गरिन्छ, जसको अर्थ भगवान्लाई स्मरण गर्नु’ हुन्छ ।” गुँला बाजा बजाउँदा जयनमोः श्रीबुद्धसहित मीठामीठा गीत तथा नेवारी परम्परागत गीत पनि बजाउने गर्दछन् । बाजामा धाः, नायेखिं, भुस्याः, छुस्याः, ताः बजाइने उहाँको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्