Logo

नायक अनमोल र प्रदीप बीचको दुरी बढ्नुको भित्रि रहस्य यस्तो छ…



काठमाडौं, ४ भदौ । सायद यो कुरा तपाईहरुलाई पत्यार नलाग्न सक्छ युवास्टार अनमोल केसी र प्रदीप खड्काले अहिलेसम्म रियलमा एक अर्काको अनुहार समेत हेरेका छैनन् । यो समाचार फिल्मी खबरबाट साभार गरिएको हो ।

यी दुवै मिडियामा आएका खबरहरुबाट एकअर्काको विषयमा जानकारी लिने गर्छन् । तर, केहीदिन यता मिडियामा आएका खबरहरु भन्छन् कि अनमोल र प्रदीपको सम्वन्ध मित्र नबन्दै दुश्मनीमा परिणत भएको छ ।

भेट नभएर के भयो र प्रदीप पनि अनमोलको विषयमा धेरेथोर जानकार छन् भने अनमोललाई पनि प्रदीपको विषयमा धेरै कुरा सायद थाहा छ । अनमोलको पारिश्रमिकको चर्चा अहिलेपनि खुबै छ । फिल्म कृ का लागि २० लाख पारिश्रमिक लिएपछि अनमोल नेपालका सर्वाधिक महँगा नायक बने । उनको स्टारडमको अगाडि यो रकम ठूलो मानिएन ।

यस्तै, प्रेमगीत र प्रेमगीत २ बाट स्टार नायकको रुपमा चम्किएका प्रदीप खड्काको क्रेज पनि अहिले लरतरो छैन् । त्यो हाल प्रदर्शन भैरहेको प्रेमगीत २ ले पनि पृष्टि गर्छ ।

एक समय धीरेन शाक्य र राजेश हमाल, शिव श्रेष्ठ र भूवन केसी, स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेती, निखिल उप्रेती र विराज भट्ट हुँदै आर्यन सिग्देल र जीवन लुईटेल बिचमा जुन द्धन्द्ध थियो त्यो अहिले अनमोल र प्रदीपमा पनि देखिन थालेको छ ।

द्धन्द्ध अहिले अनमोल र प्रदीपको बिचमा पारिश्रमिक र स्टारडमलाई लिएर हुन थालेको छ । लगातार ४ फिल्म हिट दिएका अनमोल र २ फिल्म हिट दिएका प्रदीप बिचमा कसले बढी पारिश्रमिक लिने ? यसको भिडन्त सुरु भएको छ । अनमोलले कृ मा २० लाख पारिश्रमिक लिएपछि प्रदीपले पनि आफ्नो पारिश्रमिक २२ लाख बनाएका छन् ।

प्राप्त जानकारी अनुसार, प्रदीपलले २२ लाख पारिश्रमिकसँगै थाइल्याण्ड र म्यान्मारको राइट दिने सम्झौता सहित फिल्म लिलिबिली साइन गर्दैछन् । तर, यसअघि अनमोल केसीलाई ३० लाखमा यो फिल्म अफर गरिएको खबर बाहिर आएपछि प्रदीप २२ लाख पारिश्रमिकमा काम नगर्ने र अनमोललाई अफर गरिएको फिल्म साइन नगर्ने भन्दै पछाडि हट्न खोजिरहेको स्रोत बताउँछ ।

यसअघि पनि प्रदीपले फिल्म ए मेरो हजुर २ र दर्पण छायाँ २ अनमोललाई अफर गरिएका कारण काम गर्न अस्वीकार गरेका थिए ।
यसले के स्पष्ट पार्छ भने एकअर्काको रियलमा अनुहार समेत नदेखेका अनमोल र प्रदीप बिचमा अहिले पारिश्रमिक र स्टारडमलाई लिएर चर्को द्धन्द्ध सुरु भएको छ ।

हुनत, प्रदीपभन्दा अनमोलको स्टारडम बलियो छ तर प्रदीपपनि आफूलाई अनमोलभन्दा कमजोर ठान्दैनन् । यसले यी दुई मित्रपनि नबन्दै एकअर्काका कडा प्रतिद्धन्द्धी बनेका छन् ।

अब यो त समयले खुलाउँदै जानेछ कि अनमोल र प्रदीपको द्धन्द्ध कहाँसम्म पुग्नेछ र कहाँ पुगेर समाप्त हुनेछ । अनमोल र प्रदीप एउटै फिल्ममा काम गर्न सक्ने आश पालेर बसेका दर्शकहरुलाई भने यी खबरहरुले निराश बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्