Logo

गीतकार केसीको दोस्रो गीती एल्बम ‘प्रशंसा’ सार्वजनिक



काठमाडौं, ८ भदौ । गीतकार किरण केसीको दोश्रो गीती एल्बम ‘प्रशंसा’ सार्वजनिक गरिएको छ । हाँस्य व्यङग्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक रामकृष्ण ढकाल, गीतकार एसपी कोइराला, श्रीपुरुष ढकाल, पत्रकार पुस्कललाल श्रेष्ठ, गीतकार आनन्द अधिकारी, संगीतकार आलोक श्री लगायतले एल्बमको विमोचन गरेका हुन् । यस एल्बममा १२ वटा गीत समावेश गरिएको केसीले जानकारी दिएका छन् ।

एल्बममा रामकृष्ण ढकाल, राजेशपायल राइ, जगदिश हमाल, दिपक लिम्बु, सहिमा श्रेष्ठ लगायतको स्वर रहेछ । गायिका सहिमाले एल्बम बिमोचन समारोहमा ‘कुनै दिन यो दृष्टी’ बोलको गीत गाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्