Logo

बाढी पीडितलाई राजेश हमालद्धारा राहत वितरण



काठमाडौं, १२ भदौ । तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि राहत सामाग्री लिएर नायक राजेश हमाल तराई झरेका छन् ।

अभिनेता हमालले सर्लाहीको कौडेना गाँउपालिकाको शिवनगरका बाढी पीडित जनतालाई राहत सामाग्री वितरण गरे । हमालले ७० परिवारलाई एक–एक बोरा चामल, एक प्याकेट तेलसँगै दाल र नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरेका हुन ।

विभिन्न चलचित्रकर्मीहरुले बाढी पीडितका लागि आर्थिक सहयोगदेखि खाद्यन्न,लत्ताकपडा र औषधि वितरण गरिरहेको अवस्थामा नायक हमाल भने मौन थिए ।

तराई क्षेत्रमा बाढीले पुर्‍याएको असरले आफू दुखी भएको र यो दुस्खद समयमा सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै एक भिडियो युट्युबमा अपलोड गरेका थिए । तर, बाढी पीडितलाई कुनै सहयोग नगरेको चर्को विरोधपछि हमाल राहत सामाग्री लिएर तराई झरेका हुन् ।

केहीदिन अगाडि मात्र फिल्म‘प्रेमगीत २ टिमले पनि सर्लाहीका विभिन्न ठाउँहरुमा बाढीबाट प्रभावित भएका जनताका लागि राहत सामग्रीसँगै आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । बाढीले तराईका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्