Logo

ईदको रौनकले आगन छोयो, दशैँका गीत बजारमा



काठमाडौं, १५ भदौ । मुस्लिम समुदायको महानपर्व रमजान ईदको यो हर्षित र खुसियाली समय लगत्तै नेपालीहरुको महानचाँड विजया दशैँको बेला सुरु हुन्छ ।

मस्लिम समुदायको महानपर्व ईद पर्सि १७ गते परेको छ। यस दिनमा त्रिभुवन विश्वविद्यालयले उक्त दिनको परिक्षा सारेको छ । राजधानीबाट घर फर्किने र विदेशमा रहेका नेपालीहरु यो सालको दशैको लागि घर फर्किदैछन् ।

नयाँ वर्षपार्कमा चहलपहल सुरु भएको छ । वर्षभरी दुख गरेर एक जोर नयाा कपडा फेरेर खुसि साट्ने सपना नेपाली समुदायको वास्तविकता हो भन्दा फरक नपर्ला ।

वर्षौसम्म भेट नभएका आफन्तसँग मिलन हुने र रमाईलो गरेर हासि खुसि दशै मनाउने चलन छ । आफ्न्तको सामिप्यमा रहेकर सँगै टिका र जमरा लगाउन नपाएर निधार रित्तै भएको जस्तो पिडा र वेदनाले विक्षिप्त बनेको मनलाई खुसिमा परिणत गर्ने बाटो ताकिरेहका प्रदेशीहरु जेनतेन गरेर गन्तव्यमा हिड्दैछन् ।

कोही भने यस पालिको दशैमा घर आउन पाईन भन्दै दुख वेदना पोख्दै छन् । घर परिवारसँग अर्को सालसँगै बसेर दशै मनाउने प्रण गर्दैछन् ।

उता घरमा बुढि बाआमा, छोरा, छोरी, श्रीमती र श्रीमानहरु खाँदबारीमा बसेर प्रदेशीको बाटो कुरेर बसेका छन् । यो वर्षको दशैलाई इंगित गरेर जन गायक विष्णु खत्रि र विष्णु माझिको स्वरमा नयाँ गीत बजारमा आएको छ । जुन गीतमा यस पालिको दशैँमा घरमा आउन नपाएको पीडा रवेदनाका छालहरुलाई भरोसाको रुपमा सन्देश प्रवाह गर्न खोजिएको छ।



प्रतिक्रिया दिनुहोस्