Logo

कुवेतमा हराएकी गायिका खड्काको रहस्य अझै अज्ञात



राम चन्द्र खड्काः
काठमाडौं, १५ भदौ । दोलखा जिल्ला बिगू गाउँपालिका वडा नं. ५ चिलंखा घर भएकी भगवती खड्का गत चैतमा घरपरिवारसँग सल्लाह नै नगरी कुवेत पुगेकी थिइन् । कुवेतमा कसरी कुन माध्यमबाट पुगेको भन्ने कुरा कसैलाई पनि जानकारी छैन् ।

निम्न वर्गीय परिवारमा जन्मिएकी खड्काको पारिवारिक स्थिति निकै नै कमजोर थियो । उनी छिमेकीको घरमा बिहान बेलुका काम गर्दै कक्षा १० सम्म श्री हिमालय मावि चिलंखामा अध्ययन गरेकी थिइन् । २०७२ मा एसएलसी परीक्षा दिइन तर सफल हुन सकिनन् ।

त्यसपछि आर्मी , प्रहरीमा जागिर खान पटक पटक प्रयास गरेपनि त्यो प्रयास पनि सफल हुन सकेन् । उनी मिठो स्वरको धनी थिइन् । गायिका बन्ने सपना बोकेर काठमाडौ आइन् र कलाकारिता क्षेत्रमा लागिन् । उनको दुई ओटा गीत अहिले पनि सर्वत्र बजारमा उपलब्ध रहेका छन् । पहिलो आकाशको जुन छुन्छु र दोस्रो ए ह्यानसम सुन भन्ने बोलको गीत बजारमा ल्याएकी थिइन् ।

तर विडम्बना कलाकारिता क्षेत्रबाट पनि आर्थिक आय आजर्बन गर्न नसकेपछि बैदेशिक रोजगारीमा जाने बिचार गरिन् । केही गरौ भन्ने सोच विचार जोश जागर, उत्साह , साहस भएकी खड्का दई चार बर्ष विदेश बस्ने र आर्थिक रुपमा आत्मनिर्भर भै स्वदेशमा केही गरेर देखाउने बताउथिइन् ।

त्यही सोचका साथ उनी साइप्रस जाने तयारीमा लागिन् । तर साइप्रस जान सक्ने उनको आर्थिक स्थिति थिएन् । उनलाई सहयोग गर्ने छरछिमेकी घरपरिवार र आफन्त कोही पनि भएन् । साइप्रस जाने भनेर मेडिकल परीक्षण सम्म गरी सकेकी थिइन् । अन्त्यमा आर्थिक अवस्थाकै कारण साइप्रस जानबाट बञ्चित भइन् र उनको सपना चक्नाचुर भयो ।

आफू र आफ्नो परिवार गरिब भएकै कारण कसैले सहयोग नगरेको भन्दै उनी निकै दुःखी भएकी थिइन् । उनी ललितपुरको गोदावारीमा दाजुभाउजुसँग बस्दै आएकी थिइन् । गत चैत ७ गतेतिर एक्कासी कोठाबाट निस्किएर उनी सम्पर्कविहिन भइन् । उनले प्रयोग गर्ने मोबाइलमा फोन लागेन उनले पनि कसैसँग सम्पर्क गरिनन् ।

करिब त्यसको ७ दिनपछि आफू कुवेत आएको र काममा लागेको भाइ टपन खड्कालाई जानकारी गराइन् । एक महिना पुगेपछि पैसा पठाइ दिने भन्दै घरपरिवारमा पीर नगर्न भनेको भाइ टपनले बताए । तर, त्यसको १५ २० दिनपछि परिवारसँग उनी आफै सम्पर्कविहिन भइन् ।उनका भाइ टपन खड्का सबओभरसियरको विद्यार्थी हुन् । उसले विहान कलेज पढेर दिउँसो मजदुरी गरेर केही रकम जम्मा गरेका रहेछन् ।

त्यो रकम पनि उनै दिदी भगवती खड्काले विदेश जान्छु भनी भाइबाट पैसा लगेकी रहिछिन् । टपन भन्छन् एकातिर दिदी हराएको पीर अर्कोतिर आफूसँग खान बस्न पैसाको अभाव भएको र कति छाक खानै नखाएको उनी बताउँछन् ।

उनको खोजी कार्य अहिले तीव्र गतिमा भइ रहेको छ । बैदेशिक रोजगार विभागले उनले श्रम स्विकृति नलिएको जनाएको छ । उनी अबैधानिक ढङ्गले कुवेत पुगेको अनुमान गरिएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले अनुसन्धान पछि उनको पत्ता लाग्ने बताएका छन्।त्यसैगरी श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले पनि कुवेत स्थित नेपाली राजदुत यज्ञबहादुर हमाललाई उनको अवस्थाबारे पत्ता लगाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्