Logo

दुई वर्षदेखि रोकिएको कार्यक्रम जिरे खुर्सानी पुन प्रसारण: जितु नेपाल



काठमाडौं, १७ भदौ । चर्चित हासो व्यङग्य कलाकार जितु नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा लगायतको आवाजमा व्यङग्य गर्नु खासै जाय नहुने बताएका छन् ।

नेपाली रेडियो नेकवर्क मार्फत देशभर प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँग कुराकानि गर्दै कलाकार नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री देउवाको आवज सारिरीक स्वास्थ्यसँग जोडिएको कुरालाई इंकित गर्दै कलाकार नेपालले व्यङ्ग्य त्यति जायज नहुने बताए । प्रदेश नम्बर २ को स्थानीय तह तेस्रो चरणको निर्वानलाई मुख्य आधार बनाएर पत्रकार धमलाले कलाकार नेपालसँग अन्तरवार्ता लिएका थिए ।

कलाकार नेपालले माओवादी केन्द्रकाख अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपीशर्मा ओली, माधव नेपाल, रामचन्द्र पौडेल, कार्यक्रम ‘जनता जान्न चाहन्छन’ लगायतको क्यारिक्याचर गरेका थिए ।

कलाकार जितु नेपालले विगत दुई वर्ष देखि रोकिएको टेलि सिरियल ‘जिरे खुर्सानी’ आउँदो विहीबार राति ८ः४५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कुराको जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्