Logo

चलचित्र ‘छक्का पञ्जा २’ को पोस्टर सार्वजनिक



काठमाडौं, १७ भदौ । ‘छक्का पञ्जा २’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक दिपाश्री निरौलाले मित्रता दिवसको अवसर पारेर चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक गरेको जानकारी दिएकी छन् । उक्त चलचित्रका दुई गीत सार्वजनिक भइसकेका छन् ।

असोज ११ गते प्रदर्शन हुने चलचित्र ‘छक्का पञ्जा २’ मा कलाकार प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतले अभिनय गरेका छन ।

दिपकराज गिरीले फेसबुक मार्फत ट्रेलर पनि यसै हप्ता सार्वजनिक हुने जानकारी गराएका छन । चलचित्रका निर्माता तथा कलाकार दिपक राज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्