Logo

भेरी कलाकार समाज काठमाडौंद्धारा राहत वितरण



काठमाडौं, १९ भदौ । भेरी कलाकार समाज काठमाडौंले बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको छ । समाजका कोषाध्यक्ष धनराज चुनाराले बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको जानकारी दिएका छन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा कोषाध्यक्ष चुनाराले भने,‘ हाम्रो टिम बाढिपीडित कहाँ पुगेको थियो, त्यहाँको स्थिति एकदम नाजुक छ, सरकारको राहत पर्खिरहेका छन्, राहतले केही समयका लागि चोटलागेको ठाउँले मलहम पाएपनि दिर्घकालिन रुपमा बाढिबाट मुक्त पाउने वातावरण सिर्जना भएके देख्न चाहन्छन्।’

कोषाध्यक्ष चुनाराले अघि थपे,’भेरी कलकार समाजले हालै बाँके जिल्लाको राप्तीपारि लालपुर गाउँमा ८२ घरपरिवारलाई एक लाख रुपैयाँ बराबरको राहत वितरण गरेको हो उक्त राहतले केही समस्या टार्नेछ, तर सरकारले स्थायि रुपमा समाधान खोज्नुपर्ने हुन्छ।’

त्यस्तै बर्दिया जिल्लाको भादाखोला सुर्जेगौडीमा ९६ घरपरिवारलाई एक लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ । भेरी कलाकार समाज काठमाडौंकी अध्यक्ष गायिका टीका पुन, महासचिव मोडल तथा नायिका दीपाशा बिसी र सह-कोषाध्यक्ष राजु सोनाम र सदस्य बलु आरसी लगागत कलाकार बाढिपीडित क्षेत्रमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्