Logo

छक्का पन्जा २ को ट्रेलर सार्वजनिक, नाईनलको साडी र झ्याम्म झ्याम्म विवादको चपेटामा



काठमाडौं, २२ भदौ । आगामी असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत नेपाली चलचित्र‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

नाइनलको साडी र झ्याम्म झ्याम्म बोलको गीतबाट प्रतिक्षीत बनेको चलचित्र छक्का पन्जा २ को ट्रेलर बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको समय अनुसार युट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल पनि लिड कलाकारको रुपमै रहेका छन् ।

उक्त चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।  दीपक–दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । यस चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्