Logo

रहेनन् ठाडो भाका शिरोमणी भेडिखर्के साइँला



काठमाडौं, २७ भदौ । ठाडो भाकालाई देशभर फिजाउंदै आएका भेडीखर्के साइँला अर्थात् दिर्घराज अधिकारीको सोमबार निधन भएको छ ।अधिकारीको सोमबार सुन्दरा बजारस्थित निवासमा निधन भएको हो । जिल्ला स्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसेकपछि उनको थप उपचारका लागि काठमाडौं ल्याईएको थियो ।

लमजुङको सिँदुरेढुुङ्गामा १९९० सालमा जन्मेका भेडिखर्केकोे बास्तविक नाम दीर्घराज अधिकारी हो । यो नामले उनलाइ कमैले मात्र चिन्छन् ।

सिंदुरेमा रहंदा उनको बुवाको भेडीगोठ थियो । खर्कमा भेडा पाल्ने र दाजुभाइमध्ये साइला भएकाले उनको ‘भेडीखर्के साँहिला’ बोलाउने नाम रहेको हो । उनलाई यहि नामले प्रख्यात बनायो ।

८४ वर्षीय भेडीखर्के साइँलालाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या थियो । ब्राह्मण समाजमा छोराले गीत गाउनु हुँदैन भन्ने प्रचलन रहेको बेलामा पनि उनले खासगरी आफ्ना पिताजीको आँखा कान छल्दै ठाडो भाका गाउँदै आएका थिए ।

नौ वर्षको उमेरदेखि गाउन थालेको त्यो ठाडोभाका गीत उनले एक महिना अघिसम्म जिल्लाका सभासमारोहमा गाउँदै आएका थिए। उनी प्रमुख अतिथि वा विशेष अतिथिका रूपमा आमन्त्रण भएको समारोहमा पनि गीतको भाकाबाट नै मन्तव्य व्यक्ति गर्ने गर्थे ।

उनको यही भदौ २९ गतेका दिन ८५ वर्षमा प्रवेश गरेको अवसरमा उनलाई जनस्तरबाट सम्बोधन गरिएको ठाडोभाका शिरोमणिको उपाधि दिनका लागि प्रतिष्ठानले संंस्कृति तथा नागरिक उड्डयन मन्त्रीमार्फत लविङ गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्