Logo

युटुवमा हुने छाडापन र चलचित्र क्षेत्रको विकृतिबारे बारे गैँडाको प्रश्न, “कलाकार संघ किन चुप ?”



१२ पुस,काठमाडौं । पछिल्लो समय युटुव च्यानलमा जथाभावी तरिकाले कुराकानी गरिएका भिडियो हाल्ने प्रचलन बढ्दै गएपछि केही कलाकारले चिन्ता व्यक्त गरेका छन् । पैसा कमाउने नाममा केही युटुव च्यानलले मोडलको नाममा कहिँ कतै नचिनिएका युवतीहरु ल्याएर कलाकारिताभन्दा बढि यौन विषयमा कुराकानी गरेर अपलोड गर्ने विकृति मौलाउँदै गएको छ ।

अश्लिल र समाजमा पाच्य नहुने किसिमका अन्तरवार्ता मौलाउँदै गएपछि सर्वसाधारणले पनि आपत्ति जनाएका छन् । यसैबिचमा कलाकार तथा चलचित्रकर्मी निर्मल शर्माले कला क्षेत्रको बदनाम हुने गरी छाडापन मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा सक्रिय शर्माले चलचित्र क्षेत्रका बिकृतीविरुद्ध यसअघि पनि आवाज उठाउँदै आएका छन् ।
बिभिन्न नाममा खेलीएका युट्युब च्यानलमा अपलोड भएका अन्तरवार्ता भनिने छाडा भिडियोहरूका कारण कला क्षेत्र नै बदनाम हुन लागेको भन्दै शर्माले नियमन निकायको मौनताप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

धेरै चलचित्रकर्मीले शर्माको समर्थन जनाउदै कलाकार संघलाई नै निर्जिब संस्थाको संज्ञा दिएका छन् ।
फेशबुक स्टाटसमा शर्माले  उपचारमा रहेका कलाकार दिपक क्षेत्रीलाई सहयोग गर्न पनि कोही तयार नभएको भन्दै गुनासो गरेका छन् । स्टाटसमार्फत शर्माले हाल कलाकार क्षेत्रीले स्वास्थ्य लाभ गरिरहेको जानकारीसमेत गराएका छन् ।

स्टाटसमै शर्माले एक चलचित्रको गित सार्वजनिक कार्यक्रममा नायकका साथमा दुई नग्न महिलालाई पत्रकार सम्मेलनमा प्रदर्शन गरेकोप्रति पनि आपत्ति जनाएका छन् ।

टेलिसिरियल तितो सत्यबाट गैँडा उपनामले चर्चित शर्माले पछिल्लो समय एक टेलिभिजनमा टेन टु फाइभ नामको हास्य टेलिश्रृखला निर्माण गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्