Logo

एकता प्रक्रियामा मधेसवादी दल, आज निर्णायक बैठक



काठमडौं १३ पुस । राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सरसकाराक हुने सहभागिता र प्रदेश नम्बर २मा बन्ने सरकारका विषयमा छलफल गर्दैछ । पार्टी एकताका विषयमा पनि छलफल हुनेछ । अध्यक्षमण्डलको बैठक बिहीबार बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै चुनावमा विजयी भएका रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसैगरी समानुपातिक सांसद छनौटमा देखिएको विवादबारे पनि छलफल हुने राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने छ । राजपाका नेताहरुले समानुपातिकको प्राथमिकताको सूचिमा आफन्त र आसेपासेलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्नेछ । बैठक सोमाबारका लागि तय भए पनि अध्यक्षमण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेपछि मंगलबारका लागि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्