Logo

एमाले माओवादी पार्टी एकताबारे छलफल हुँदै



काठमडौं १३ पुस । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै टुंग्याउने समझदारी गरेका छन् । पार्टी एकताबारे संशय उत्पन्न गराउने गरी अनावश्यक भ्रम फैलाइएको निष्कर्ष निकाल्दै ओली र प्रचण्डले बुधबार एकता र सरकार गठन प्रक्रिया सँगसँगै टुंग्याउने समझदारी गरेका हुन् । दुई नेताबीच ओलीनिवास बालकोटमा सवा घन्टा छलफल भएको थियो ।

एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल हुनेछ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो ओलीनिवास बालकोटमा छलफल भएको थियो । आज एकता संयोजन समितिको बैठक बस्नुअगाडि आज नै ओली र दाहालबीच थप छलफल हुनेछ । दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । दोस्रो तहका नेताबीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ ।

पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ । ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ । तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन्। राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ । एकता समितिमा समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्यछन् ।



प्रतिक्रिया दिनुहोस्