Logo

क्षमता भन्दा नौटंकी गरेर धुलो उडाउने प्रतिष्पर्धा



काठमाडौं, ७ माघ । पछिल्लो समय ‘उडि जाने हावाले’ गीत गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामाले नेपाली कलाकारितामा विभिन्न हर्कत मच्चाउँदै आएकी छिन् । रातारात हिट बन्न उनले नेपाली कला संस्कृतिलाई विर्सेर अंगप्रदर्शनको साहारा लिने गरेको पाइएको छ ।

त्यसो त उनी गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन गर्ने दाबी गर्छिन् । उनीभित्र जेजस्तो खुबी भए पनि अर्धनग्न अवतारले नै बढी चिनिएकी छिन् । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । जो स्थापित पनि छिन् । यस्ता कलाकार जो रातारात हिट हुन अनेक हर्कत अपाउँछन र रातारात विलाउनछन् कसैलाई अत्तोपत्तो हुँदैन ।

यस्तै अर्धनग्न अवतारकै कारण चर्चा कमाउने मध्यकी कलाकार हुन् सरस्वती । सभ्यता र संस्कारको कसिले अल्झिएको नेपाली समाजमा अपाच्य प्रस्तुतीले उनको नाम भन्दा बढी बद्नाम हुने गरेको छ । यस वर्षको माघेसंक्रान्तिमा यीनै सरस्वतीले उपद्रो मच्चाइन र दर्शक तताइन् । दाङको बाह्रकुनेमा मनाइएको माघेसंक्रान्ती मेलामा चन्दा दाहाल र सरस्वती लामाको प्रस्तुतिले हरेक नेपालीहरुको ध्यान खिचेको थियो ।

यस्तै शैलीमा यसभन्दा अगाडि मोडेल सीता गुरुङ, काजल, ज्योति मगर, अर्चना पनेरु, चन्दा दाहाल, तिर्सना बढुथोकी लगायतले प्रस्तुति दिँदै आएका थिए । यी मध्येका केही कलाकारहरुले अझै यो बाटो पछ्याइरहेका छन् भने अरु कहाँ गुमनाम भए कसैलाई अत्तोपत्तो छैन । अंग प्रदर्शनको साहारामा स्थापित हुन खोज्नेहरुको भविष्य लामो हुँदैन यो विषयमा स्वयं यी कलाकारहरुलाई पत्तो भए पनि उनीहरुले अझै पनि उस्तै प्रस्तुति भने दिन छाडेका छैनन् ।

यस्ता हर्कतका कारण गीत गाएरै समाजामा नाम, दाम र लोकप्रियता कमाएका गायक गायिकाहरु अञ्जु पन्त, कोमल वली, राजेश पायल राई, दिपक लिम्बू, प्रमोद खरेल लगायत थुप्रै कलाकारहरुले मोफसलका प्रस्तुतिमा जान पनि लाज लाग्ने अवस्था आएका बताएका छन् । उनीहरुले कलाकारिताको सम्मान गर्दै समाज र संस्कृतिलाई पनि विर्सन नमिल्ने तर्क गर्दै आएका छन् । स



प्रतिक्रिया दिनुहोस्