Logo

अमेरिकी कलाकारको सांगीतिक कार्यक्रम हुने



काठमाडौँ, १० माघ : स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताउनुभयो ।

नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘¥याप्टिभिज्म’ अर्थात् ¥याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उहाँले सुनाउनुभयो । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

हिपहप कलाका माध्यमबाट अमेरिकामा सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रोत्साहित गरेको इतिहास छ । हिपहप कला नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अल्पसंख्यक समुदायलाई समावेशीकरणका लागि पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

माघ १२ गते शुक्रबार नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय र १३ गते शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा कार्यक्रम गरिनेछ । कार्यक्रममा कलाकार फुकुशिमाको ब्याण्ड, दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, नर्तक समूह र नेपाल हिपहप फाउन्डेशनले कार्यक्रमको प्रस्तुति गर्ने भएका छन् । (रासस)

 



प्रतिक्रिया दिनुहोस्