Logo

सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष



असोज २६ काठमाडौँ । भारतबाट घर फर्कने नागरिकलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सो कक्षमा ८५ जनाको रगत परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्कने नागरिकलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो । “मलेरिया देखिए निःशुल्क उपचार गछौँ,” उनले बताए । यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सीमानाका झुलाघाटमा दशरथचन्द नगरपालिकाको सहयोगमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो ।

“घर फर्कने नेपालीमा किटाणु हुनसक्ने भएकाले कक्ष स्थापना गरिएको हो,” पाण्डेयले जनाएका छन । मङ्गलबारदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको गत आसोज १९ गतेको निर्देशनअनुसार सीमामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्