Logo

हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन



२७ असोज,काठमाडौँ । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए।

हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१६ टन फोहर सङ्कलन भएको जानकारी दिँदै उनले भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने राधेराधे क्षेत्रको हनुमन्ते पुलमुनि र त्यस आसपास क्षेत्रमा सरसरफाइ गरिएको जानकारी दिएका छन ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा आज १३ विभिन्न सङ्घसंस्था र २७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्