काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानी ल्याउनेले आफूले ल्याएको रकम कालो धन नभएको पुष्टि गर्नुपर्ने पनि बताएका छन् ।
सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,‘कसैले बाहिरबाट पैसा ल्याएर लगानी गर्छ भने अवश्य नै उसले यो पैसा स्वच्छ हो है भनेर आफ्नो प्रतिवद्वता जाहेर गर्नुपर्छ।’
उनले अघि थपे,‘लगानी गर्नुस् र देखाएर लगानी पनि ल्याउनुस् । अपारदर्शी ढङ्गले होइन पारदर्शी ढङ्गले १० प्रतिशत, १५ प्रतिशत जाला । यो देशबाट ल्याएँ, यति ल्याएँ, यति मैले पाएँ भन्नुस्’ उनले भने, ‘अदृश्य ढङ्गले गर्दा लुकाउन पनि गाह्रो, देखाउन पनि गाह्रो । देखिएला भन्ने डर । त्यो किन गर्नुहुन्छ ?’