झापा । १९ वर्षीया भारतीय किशोरीलाई तीन नेपाली युवकले सामूहिक रुपमा जबरजस्ती करणी गरेका छन् । कन्काई नगरपालिकाको त्रिवेणी टोलस्थित जङ्गलमा सुदीप राईसहित दुई जनाले जबरजस्ती करणी गरेका हुन् ।
६ साउनको दिउँसो किशोरीलाई जंगलमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरङ्गाबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो । घटनामा संलग्न अर्का व्यक्ति फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।