झापा । बिर्तामोडको विभिन्न होटलहरुमा छापा मार्दा बालबालिका तथा किशोरीहरुलाई यौनव्यवसायमा लगाइएको फेला परेपछि कारबाहीमा परेकाहरु कारागार चलान भएका छन् । प्रहरीले २२ जेठमा छापा मार्दा पक्राउ परेका होटल व्यवसायीहरु जेल चलान भएका हुन् ।
कारागार चलान गरिएकाहरुमा प्रतिक्षा होटल एण्ड लजका अभिषेक तामाङ, मनशान्त होटलका श्यामकुमार तामाङ, बिर्तामोडका रत्न बहादुर विश्वकर्मा छन् ।
उनीहरुमाथि नाबालिकालाई यौन व्यवसायमा प्रयोग गरेको अभियोग छ । प्रहरीले होटल अनुगमन गरी पाँच जना नाबालिकाहरुलाई उद्दार गरेको थियो ।