Logo

भाडाको लागि खुकुरी प्रहार



काठमाडौं । भाडाको विषयलाई लिएर मुलपानीमा एक व्यक्तिले खुकुरी प्रहार गरेका छन् । १० साउनमा कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका-७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहालले दुई जनामाथि खुकुरी हानेका थिए ।

दाहालले मुलपानीमा बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेका थिए । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाको छ ।



प्रतिक्रिया दिनुहोस्