चीनको वाटर पार्कमा मेशिनले छाल ल्याउने बनाइएको छ । सुनामी जस्तै छालमा मनोरञ्जन लिनेहरुको भीड लाग्छ । छालको मज्जा लिनेहरुले यसपटक दुर्घटनाको सामना गर्नुपर्यो ।
बुधबार उत्तर कोरियाली सीमा नजिकैको लनजिङस्थित योलङ सुयुन वाटर पार्कमा मेशिनले उल्टो काम गर्यो । जसका कारण कृत्तिम सामान्य छालभन्दा धेरै गुणा बढी छाल बन्यो । सुनामीको भन्दा कडा छाल ल्यायो । जसका कारण ४४ जना घाइते भए । मेशिनले गलत गर्दा खतरनाक छाल ल्याएको दृश्य भिडियोमा कैद भयो । भिडियोमा खतरनाक छालले पौडी पोखरीमा भएकालाई उचालेको देखिन्छ ।
छाल किन बढी आयो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । धन्न कसैको ज्यान गएन । एजेन्सी