Logo

विप्लवका छोराले भने : हामी वार्ताको लागि तयार छौं, तर….(भिडियोसहित)



काठमाडौं, ८ भदौ । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द ठकुरीले आफूहरु वार्ताको लागि सधैं तयार रहेको बताएका छन् । तर, यसको लागि सरकारले ईमानदारीता देखाउनुपर्ने उनको भनाई छ । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मेडिकल शिक्षा अध्ययनरत प्रकाशले आफूहरु यतिवेला पढाईको सँगसँगै मेडिकल शिक्षामा देखिएको दलालीतन्त्र, भ्रष्टाचारीतन्त्र, माफियातन्त्रको विरुद्धमा संघर्षको तयारीमा पनि जुटेको सुनाए ।

उनले नेपालका सबै मेडिकल कलेजहरुमा भ्रष्टाचार र माफियातन्त्र मौलाएको देख्न सकिने जिकिर गरे । उनले भने, तपाईले सबै मेडिकल कलेजमा खुलेआम माफियातन्त्र भएको देख्न सक्नुहुन्छ । भर्नाको नाममा त्यस्तै भएको छ, अथवा लेट फी को नाममा त्यस्तो भैरहेको छ । आफूहरुले कसैसँगपनि चन्दा लिएको वा धम्की दिएको प्रमाण बाहिर ल्याउन उनले चूनौति दिए ।

सरकार पनि मेडिकल कलेजमा भएका वेथिति र विसंगति अन्त्य गर्नको लागि चुकेको उनको आरोप छ । गण्डकी मेडिकल कलेजमा महिनौंसम्म विद्यार्थी आन्दोलित बनेको र प्रहरीको बुट विद्यार्थीको छातिमा बजारिएको पनि उनले स्मरण गराए । सरकार मेडिकल कलेजका सञ्चालक र माफियाहरुसँग मिलेको पनि उनको गम्भिर आरोप छ।

उनले आफूहरुले उठाएका विषय र गरेका संघर्षहरु सही रहेकोले निश्कर्षमा पुगेरै छोड्ने विश्वास दिलाए । उनले भने,”हामी यो संघर्षलाई अन्तिम गन्तव्यमा पुर्याएर छाड्छौं । हामीलाई विद्यार्थीको साथ र सहयोग छ ।” उनले आफूलाई यो अभियानमा बुवा नेत्रविक्रम चन्दको समर्थनभन्दापनि नेपाललाई नै समग्र रुपमा नयाँ कोर्शमा लैजानुपर्ने कुरामा आफूहरु सहमत रहेको सुनाए । उनले आफूलाई यो अभियानमा बुवा नेत्रविक्रम चन्दको समर्थनभन्दापनि नेपाललाई नै समग्र रुपमा नयाँ कोर्शमा लैजानुपर्ने कुरामा आफूहरु सहमत रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्