Logo

नेपाल प्रहरीले गर्यो पर्दाफास : एटिएम ह्याकरले गरे यस्तो सनसनीपूर्ण खुलासा,कहाँ हुंदैछ अर्को ह्याक



काठमाडौं, १७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौंको शान्ति, सुरक्षाको अवस्था आजको दिनमा एकदमै राम्रो रहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले हालै काठमाडौंका विभिन्न बैंकका एटिएम बुथ ह्याक गरेर पैसा निकालिएको घट्नाप्रति उद्धृत गर्दै भने,‘गत शनिबारको दिन थियो, हामी अफिसमा बसिरहेका थियौं । त्यही बेला एउटा बैंकका साथीले फोन गर्नुभयो । एटिएम बुथमा अस्वभाविक गतिविधि भएको खबर पाउनासाथ हामी परिसर र अन्य प्रहरी टोली परिचालित भएका थियौं ।’

 



प्रतिक्रिया दिनुहोस्