काठमाडौँ भदौ १७ । क्रिस्टियानो रोनाल्डो फुटबल मैदानमा गोल गरे पछि खुशी मनाउनमा माहिर छन् । आफ्नो सुरुवाती दिन देखि नै यी पुर्चगी खेलाडीकाे मैदानमा खुशी मनाउने पृथक शैलीहरु छन् । आँखा झिम्काउने, सलाम ठोक्ने, क्यामराको अघि जाने जस्तो क्रियाकलाप रोनाल्डोको खुशी मनाउने शैली हो ।
आइतबार गोल हानेपछि नापोलीमाथि ४-३ ले जुभेन्टसलाई जित दिलाउँदै आफ्नो फ्यानहरुकहाँ दौडेर गई भिएआरकाे संकेत गरेर देखाए । यो खुशीयाली मनाउने शैली देखेर अचम्म मान्नेहरुले यो थाहा पाउनु जरुरी छ कि उनले भिएआर प्रविधिको खिल्ली उडाएका थिए । भिएआर प्रविधिले सिरि ए को दौडानमा रोनाल्डोले पार्माको विरुद्ध हानेको गोललाई अस्वीकार गरेको थियो । सो प्रविधिले रोनाल्डो अफसाइडमा भएको देखाएको थियो ।
टविटरमा उनकाे फ्यानकाे लागि बनिएकाे अकाउण्टमा फेरि भिएआरकाे खिल्ली उडाउँदै रेफ्रीले गरे जस्तै गाेल समीक्षा र मूलांकन गर्न भिएआरकाे संकेत देखाइएकाे भिडियाे पाइन्छ । टविटमा त्यस्तै खिल्ली उडाउँदै यसाे लेखिएकाे छ, “शान्त रहनुहाेस्……भिएआरलाई पर्खाैं ।”
Calm Down.. Let’s wait the VAR ?pic.twitter.com/s4w6UyAmV4
— Cristiano Ronaldo News (@CRonaldoNews) August 31, 2019