पण्डित डा. रुद्रनाथ अधिकारीः पहिलाका राजामहाराजाहरुले राज्य शक्तिशाली होस्, राजा शक्तिशाली होस्, शासक शक्तिशाली होस्, राज्यमा कुनै प्रकारको आपत, विपतहरु नआउन्, राजा र प्रजामा तादम्यता मिलिराखोस् भनेर बली दिने हो । तर, बली भनेको कुनै कुराको सर्मपण हो । यसका विभिन्न विधिहरु हुन्छन् । बलीलाई बर्गिकरण गरिएको छ । पहिला सत्य, द्वापर, त्रेता युगमा असोमेध भनेर घोडाको बली, खागबली, पुष्माण्ड आदि बलीको विधि छन् । त्यसमा गो बली यज्ञ पनि हुन्थ्यो । कुनै समय देवताहरुले गो बली यज्ञ गर्ने गरेको पाइन्छ । त्यतिबेला गौको पनि मन्त्रद्वारा गाइको शिर र पुच्छर क्षेदन गरेर यज्ञमा चढाइन्थ्यो । मन्त्रद्वारा गाइका अंगप्रत्यंगहरुलाई हवन गरिन्थ्यो । त्यहाँबाट कामधेनुको उत्पन्न भएको हो । कामधेनु भनेको सम्पूर्ण कामको परिपूति भन्ने बुझिन्छ । असोमेध भएको घोडा हो । असोमेध यज्ञमा घोडाको शिर र पुच्छर क्षेदन गरेर बली दिने चलथियो । घोडाको अंगप्रत्यंगहरुको हवन गर्दा । त्यहाबाट संसारलाई जित्ने उड्ने वायुपंखी घोडाको उत्पति भएको हो । त्यसबेला राजामहाराजले त्यो घोडाबाट सवार हुँदा जहाँ त्यो घोडाले टेक्यो त्यो राज्य आफ्नो बनाउँथे । यसरी कुनै विजय सिद्धिको लागि असोमेध आदि बलीको पनि चलन थियो ।
आज मन्त्रमा शक्ति छैन । आज हिजो गो बली गरेर कामधेनु उत्पत्ति गराउने शक्ति छैन । असोमेध बली गरेर वायुपंखी घोडा उत्पन्न गराउने शक्ति छैन । आजका ब्राह्मणमा तपोशक्ति छैन । अथवा आजका मन्त्रहरुले साक्ष्यात रुपमा काम गर्दैनन् । त्यसैले अहिले जसरी बली दिने चलन छ । त्यसले खाली ‘ढुंगा रातो, पेट तातो’ गर्ने काम मात्र भएको छ । यो खानको लागि कुनै माध्यम मात्रै बनाइएको हो भन्ने लाग्छ । शास्त्रमा पनि लेखिएको पनि छ, घोडाको बली दिउँभन्दा, चाहिँदै, गाईको बली दिउँभन्दा चाहिँदैन, बागको बली दिँऊ भन्दा पनि चाहिँदैन, बाख्राकै छोरो, भैंसीकै छोरो बली दिनुपर्छ भन्ने देवता यो धर्तीमा छैनन् । यदि छन् भने त्यो घातक हो भनेर शास्त्रमा भनिएको छ । बली भनेको उत्सर्ग, सर्मपण र त्याग हो । निर्दोष प्राणीलाई मृत्युदण्ड दिएर त्यसको मृत शरीरलाई आपूmले भोजन गर्ने प्रथालाई बली भनिँदैन । कुनै शास्त्रमा ती कुरा उल्लेख छैनन् । बलीका विभिन्न विधिहरु छन् । पायस बली, नरिकेल बली, कुश्पाण्ड बली, कुश्माण्ड भनेको कुभिण्डो हो । यसको बली दिने चलन छ । नरिकेल भनेको नरिवल हो । त्यसको बली दिने चलन छ ।
पायस बली भनेको खिरको बली दिने चलन छ । विज्ञ, विद्या, बुद्धि, विवेकको लागि पायसको बली दिनुपर्छ । धनधान्य, श्रीबृद्धिको लागि नरिवलको बली दिनुपर्छ । शक्ति प्राप्तिका लागि कुश्माण्ड बली दिनुपर्छ । क्षेत्रीहरुले नरिवल र बेलको बली दिनुपर्छ । कुभिन्डोको बली दिनुपर्छ । खागको बली दिनुपर्छ । खाग भनेको बोको हो । राज्यमा अनिष्ठ हुन लाग्यो भनेर त्यसबेला राजाहरुले खाग बली गछौं भनेर थालेका हुन् ।