काठमाडौं, २१ असोज । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ९० वर्षीय पिताका हातबाट टीका लगाएका छन् । उनले पत्नी हिसिला यमीसँगै बसेर पिताको हातबाट टीका लगाएका हुन् ।
बाबुरामपछि उनकी छोरी मानुषी यमी भट्टराईले हजुरबाबुको हातबाट टीका लगाएका थिए । टीका लगाएपछि भट्टराई परिवारले सामूहिक तस्बिर समेत खिचाए ।
तस्बिर स्रोतः बाबुराम भट्टराईको ट्वीटर पेज