Logo

माग्ने र मानसिक रोगीलाई मुख्य सडकमा निषेध



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपूर्व उनले यात्रा गर्ने सडकको विशेष सुरक्षा शुरु भइसकेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

सडकमा शंकास्पद व्यक्तिहरुमाथि निगरानी कडा पारिएको छ । माग्ने र मानसिक रोगीलाई सडकमा निषेध गरिएको छ । सडकमा रोकिएर बसेका माग्ने र मानसिक रोगीलाई हटाइएको छ । भेष बदलेर सुरक्षा चुनौती बढाउन सक्ने भन्दै त्यस्तालाई सडकमा देखिए तत्काल हटाउन निर्देशन दिइएको छ ।

एयरपोर्ट देखि तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, सिंहदरबार, जमल, लाजिम्पाट, महाराजगञ्जलगायतका क्षेत्रको मुख्य सडकमा सुरक्षाकर्मीले रातदिन सुरक्षा गस्ती गरिरहेका छन् । त्यस क्षेत्रमा रहेका पुलहरुको माथि र छेउछाउ सुरक्षाकर्मी पोशाकसहित र रहित परिचालित छन् ।

दशैं नभनी सुरक्षाकर्मी खटिएका छन् । उनीहरुले सुरक्षा पूर्वाभ्यास समेत गरिरहेका छन् ।

तस्बिरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्