Logo

महिला हिंसाविरुद्ध सून्य सहनशीलता- गृहमन्त्री बादल



काठमाडौं, २४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा आयोजित कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने हिंसामाथि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिए ।

‘महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइएको छ,’ गृहमन्त्री बादलले भने, ‘यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।’

महिलामाथि जर्बजस्ती अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको अवस्थामा महिला हिंसाको विषय उल्लेख गर्दै गृहमन्त्रीबाट पछिल्लो भनाई आएको हो । उनले महरा प्रकरणमा कारबाहीको निर्देशन दिएको बुझिएको छ ।

कार्यक्रममा बादलले प्रहरीको विकल्प नहुने बताए । जतिसुकै आलोचना गरिएपनि प्रहरी आम नागरिकका लागि आवश्यक रहेको बताए । उनले भने, ‘बाटोमा चेकजाँच गर्दा रिसाउने मान्छे घरमा ताल्चा फुटेको देखेपछि प्रहरी सम्झन्छ ।’

प्रहरी समाजको उपज भएकाले काम, कर्तव्य र शैली समाज प्रतिबिम्बित हुने बताए । प्रहरीभित्र सुधारको सम्भावना रहेको भन्दै अझ काम प्रभावकारी बनाउन सुझाव दिए । File Photo



प्रतिक्रिया दिनुहोस्