नुनले मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । यसको नियमित सेवन अनिवार्य रुपमा भइसकेको छ । सन्तुलित रुपमा सेवन गर्दा यसले शरीरलाई निकै मात्रामा फाइदा पुर्याउने गर्छ । यो सबै भन्दा पौराणिक खोज मानिन्छ ।
समुन्द्री पानी वाष्पीकरण हुँदा नुन स्वतः उत्पादित हुने वस्तु मध्ये एक हो । केहि प्रकारका नुनहरु अझ पनि पौराणिक किसिमले निर्माण गरिन्छ । नयाँ प्राबिधिक प्रणालीहरुको कारण नुनको स्रोत हेरेर यसको निर्माण गर्ने बिधि तय गरिन्छ । स्रोतको आधारमा नुनको स्वाद र बनावट तय गरिन्छ ।
आधुनिक प्रणालीबाट तीन किसिमले नुनको निर्माण गरिन्छ :
१. समुन्द्री पानीलाई वाष्पीकरण गरेर नुन निर्माण गरिन्छ ।
२. पृथ्वीबाट खनेर नुनको निर्माण गरिन्छ ।
३. ब्राइन (पानी र नुनलाई एकै साथ् राखेर वाष्पीकरण गर्ने प्रक्रिया) सिर्जना गरेर नुन उत्पादित गरिन्छ ।
प्रायः जसो मानिसले सेवन गर्ने नुन ब्राइनको मध्यमबाट बन्ने गरिन्छ । विशेष नुन वाष्पीकरण गरेर निर्माण गरिन्छ भने उद्योगको लागि पृथ्वीबाट खनेर नुन निकाल्ने गरिन्छ । संयुक्त राज्य अमेरिकापछि चीन सबैभन्दा ठूलो नुनको उत्पादक राष्ट्र हो। २२० मिलियन टन नुनमध्ये छ प्रतिशत मात्र मानव उपभोगको लागि प्रयोग गरिन्छ। संसारभरको सागरमा ३.५ प्रतिशत नुनले ओगटेको छ।