Logo

सुनको मूल्यमा भारी गिरावट



बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । छापावाला सुन मंगलबार तोलाको ७० हजार ८ सयमा कारोबार भएको छ भने आज तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ८४५ रुपैयाँमा कारोबार भइरहेको व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य ६० हजार १८५ र तेजावी सुनको मूल्य ५९ हजार ९३० र चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्