Logo

ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा जेलमुक्त



२३ कात्तिक। ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन् ।ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आएका थिए ।

वकर्स पार्टी (पिटी) का नेतासमेत रहनु भएका पूर्व राष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकहरुले नारावाजी गर्दै स्वागत गरेका थिए ।
उनलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो । ब्राजिलमा एउटा मुद्धामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भए अनुसार पुनरावेदन गराएपछि उनलाई रिहा गरिएको जनाइएको छ ।

पुनरावेदनका लागि निवेदन दिइएको मुद्धाको अन्तिम किनारा नलागेसम्म उनलाई थुन्न नपाईने अदालतको आदेश रहेको अधिकारीहरुले जनाएका छन् ।
न्यायाधिश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । पूर्व राष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचार सम्वन्धी मुद्धामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो ।

उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै अस्विकार गरेका छन् । राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्धा लगाइएको उनको भनाई रहदै आएका छ ।लुलाले सत्तामा रहँदा पदको अनावशयक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो ।ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्