Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली आज विहान त्रि.वि. शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारीअनुसार चिकित्सकले नै प्रधानमन्त्रीलाई अस्प्तालमा भर्ना भएर बस्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको मृगौलामा समस्या आएको छ ।

१२ वर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय ओलीले हेमोडायलासिस पनि गराईरहेका छन् । ओलीले ग्राण्डी अस्पतालमा चार पटक डायलासिस गराईसकेका छन् । file photo/Mukunda Kalikote-RCN

 



प्रतिक्रिया दिनुहोस्