Logo

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, शल्यक्रिया गर्ने तयारी



उपचारमा को-को चिकित्सक संलग्न छन् ?

काठमाडौं, १० मंसिर । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पछिल्लो समय पेट दुख्ने समस्या आएपछि प्रधानमन्त्री ओली आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका हुन् ।

प्रारम्भिक परीक्षणबाट उनलाई एपेन्डीसाइटिसको लक्षण देखिएको चिकित्सकहरुले निश्कर्ष निकालेका छन् । सोहीअनुसार एपेन्डीसाईटिसको शल्यक्रियाको तयारीमा उपचारमा संलग्न चिकित्सकहरु जुटेका छन् । प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमी, रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन्। file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्