पोखरा, १४ मंसिर । मतदान बिथोल्ने उद्देश्यले तीन स्थानमा बम बिष्फोट गराएपनि कास्की २ मा मतदाताको उत्साहप्रद उपस्थिति भइरहेको छ । विहान देखिनै लामवद्ध भई मतदाताले मतदान गरिरहेका छन् ।
बम बिष्फोटको जिम्मेवारी कसैले नलिएपनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको आशंका गरिएको छ । शृंखलावद्ध बिष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पोखरा प्रवेश गर्ने नाका देखि भित्री स्थानहरुमा पनि चेकजाँचमा कडाई गरिएको छ ।
विहान सात बजे मतदानलाई प्रभावित गर्ने उद्देश्यले जिल्लाको शान्ति मावि मतदान केन्द्र नजिक बम बिष्फोट भएको थियो । कास्कीको पोखरा महानगरपालिका १६ मा बम बिष्फोट गराएपछि दिउँसो १२ बजेयता थप दुई स्थानमा बम बिष्फोट गराइएको थियो ।