मानवको शारीरीक अंग मध्ये मुखाकृतीबाट उत्पन्न हुने अभिव्यक्तिलाई बोली भनिन्छ । आफ्नो अभिव्यक्ति वा विचार प्रकट गर्न मस्तिष्क द्धारा कण्ठबाट संम्प्रेशित वा जुन मुखबाट निस्केर स्वरमा गुन्जित हुन्छ वा स्वरमा निस्कन्छ त्यसलाई वाणी भनिन्छ ।
वाणीका माध्यमबाट कसैलाई चिन्नु गाह्रो भएता पनि असम्भव चाही छैन । मानव मनबाट आन्तरिक विचार, भावना र व्यवहार आदीले वाणीमा प्रभाव पार्दछ । वाणी भनेको साधन पनि हो ।
प्रत्यक्ष र अप्रतक्ष्य गरी वाणी दुइ प्रकारमा विभाजन गर्न सकिन्छ । प्रत्यक्षमा वाणीको उच्चारण कर्ता तपाई आफु स्वयं नै हुनुहुन्छ, तपाईको बोलीसंगै शारीरीक लक्षण पनि प्रस्ट देखिन्छ ।
अप्रत्यक्ष्य वाणीमा टेलिफोन, रेकर्डमा गरिने कुराकानी पर्दछ । जसमा शारीरीक कृयाकलाप देखिदैन । प्रत्यक्ष माध्यममा उसले गर्ने हाउभाउ देखि सम्पुर्ण कृयाकलापबाट नि केहि बुझ्न सकिन्छ भने अप्रत्यक्ष वाणीमा केवल शब्द वा वाणीमा मात्र ध्यान दिनुपर्छ ।
श्रृंगारिक वाणी
नरम, सौम्य, सरल, सहहृदय बोली भएका मानिस लोकप्रिय हुन्छन् भनेर शास्त्रले भनेको छ । यस्ता वाणी भएका महिला कुशल व्यक्तिको धनी र प्रभावशाली हुन्छन् । श्रृंगारिक वाणी भएका मानिस कला क्षेत्रमा जोडिदा राम्रो हुन्छ ।
कुरौटे बानी भएका संग संगत नगर्ने
यस्तो मानिस धेरै बोल्न रुचाउछन एताको कुरा उता लगाउँछन् । उताको कुरा यता गर्नमै उनीहरुले समय बर्बाद गरिरहेका हुन्छन् । धैर्यता गर्ने बानी यीनीहरु हुँदैन । यस्ता मानिस ध्रुत हुन्छन् र यीनीहरुसँग सधै सावधान रहनु पर्छ । कुरौटे मानिसमा गोपनियता हुदैन, नोक्सान मात्र पु¥याउँछन्, झगडामात्र पारिदिन्छन् ।
मिठो बोल्ने मानिस
विनम्रतासंग बोल्ने र बहस गर्नु पर्दा मीठो शब्द प्रयोग गरेर सबैको मन जितेका हुन्छन् । यो उनीहरुको खुबी पनि हो । मीठो बोलीको कारण मानिसहरुको मन जितेर सबैलाई बहसमा राख्न सक्छन् । अरुलाई हानी पनि गर्र्दनन् ।
अस्पष्ट बोली
मनमा एउटा र मुखमा अर्को कुरा हुन्छ त्यसैले गर्दा उनीहरु अड्कीएर बोल्छन् । यीनीहरुले भन्न अझ केही बाँकी छ जस्तो हामीलाई लागेको हुन्छ । जसले गर्दा हामीहरु झुक्किरहेका हुन्छौ । यस्ता मानिसको शब्दबाट पनि थाहा पाउनुपर्छ । विश्वास गर्नु हुदैन । यस्ता संग सर्तक रहनुपर्छ ।
प्रष्ट मानिस
जे हो त्यो बोलिदिने, जे बुझ्यो त्यो स्पस्ट बोलिहाल्ने मानिसको मन सफा हुन्छ । कोही रीसाउँछ कि भन्ने उसलाई हुँदैन । यीनीहरुको जीवन सुखी र सरल हुन्छ ।
गम्भीर स्वभाव
कुने पनि विषयको बारेमा गहिरो अध्ययन गरेर ज्ञान हासिल गरेर बोलेका हुन्छन् । बौद्धिकता र विचारशिलता यीनीहरुको विशषता नै हो । झट्ट हेर्दा कम रोमान्टिक देखिएता पनि बोद्धिकता यीनीहरुको खुबी भएकाले त्यही बौद्धिकताले गरेको निर्णय हुने भएकाले कहिल्यै फेल हुदैनन् र समाजमा सफल ठहरिन्छन् ।
चर्को बोल्ने
झुटलाई पनि सहि सावित गर्नलाई ठुलो स्वर गर्छन् । यीनीहरु जस्तोसुकै प्रवुति को काम गर्न पनि पछि पदैनन । नेतृत्व गर्ने व्यक्ति, उच्च पदमा बस्ने लाई यसले फल दिन्छ ।
मधुर वाणी
एउटै कुरामा रमाइराख्ने , सुस्त बोल्ने यीनीहरुले बोलेको कुरा बुझिदैन । मसिनो वा धिमा बानी भएका मानिसहरुको भन्न खोजेको विषय नै बझिदैन, कुलतमा फस्न सकने धेरै संम्भावना यीनीहरुमा हुन्छ ।
तर्कसंगत वाणी
आफ्नो कुराहरुलाई प्रस्टसंग वुझाउन सक्ने खुबी यीनीहरुमा हुनछ । अरुको कुरा पनि सजिलै बुझ्न सक्छन यीनीहरु संग संगत गर्नु राम्रो हो ।
तर्कहीन वाणी
बढी बोल्ने , अरुसंग फाइदा लिनको लागि नयाँ नयाँ ा साथी बनाउन खोज्छन् । कसैसंग लामो समय मित्रता टिक्दैन ।
तार्किक वाणी
विवेकशील मानिसहरु यसमा पर्दछन् । बहस र तर्क गर्न यीनीहरुलाई आनन्द लाग्छ । बुद्धिमान र चलाख हुन्छन स्मरण शक्ति बढि हुन्छ ।
विच्छेदित वाणी
बोल्दा पटक पटक पटक अड्कििने मानिस यसमा पर्दछन । चलाख धुर्त र हरेक समय सचेत हुन्छ ।