Logo

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमै (स्वर्ण विजेताको सूचीसहित)



काठमाडौं, २२ मंसिर । गौरिका सिंहले स्वर्णको ह्याट्रिक पूरा गरेर इतिहास रचेको दिन १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ । योसहित नेपालको कुल स्वर्ण संख्या ४५ पुगेको छ । नेपालले अर्को स्वर्ण जुडोमा जितेको हो ।

पौडीको चार सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले स्वर्ण जितिन् । तर, ५० मिटर ब्यास्ट्रोकमा रजतमा चित्त बुझाइन् । योसहित गौरिकाले कुल तीन स्वर्ण र दुई रजत जितिसकेकी छिन् । जुन कुनैपनि नेपाली खेलाडीले एउटै सागमा जितेको सबैभन्दा बढी स्वर्ण पदक र कुल पदक संख्या दुवै हो ।

जुडोको ४५ केजी तौल समूहमा देविका खड्काले स्वर्ण जितिन् । आज थपिएको पदकसँगै नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ काँस्यसहित दोस्रो स्थान बनाइरहको छ ।

प्रथम स्थानमा रहेको भारतको १३२ स्वर्ण ७९ रजत र ४१ काँस्य छ । श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ काँस्यसहित तेस्रो स्थानमा छ । पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ काँस्यसहित चौंथो स्थानमा छ । बँगलादेश ८ स्वर्ण, २८ रजत र ६६ काँस्यसहित पाचौं स्थानमा छ । मालदिभ्स १ स्वर्ण र २ काँस्यसहित छैठौं स्थानमा छ । भुटान ९ काँस्यसहित पुछारमा छ ।

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

जुडो

देविका खड्का महिला ४५ केजी जुडो

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)
एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

गोपी चन्द पार्की (पुरुष ५००० मिटर )

किरण सिंह बोगटी (म्याराथन)

ट्रायथलन
सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

विकास थापा (८९ केजी समूह)

कुस्ती

संगिता धामी (महिला ५५ केजी)

गल्फ
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)



प्रतिक्रिया दिनुहोस्