काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को समापन आज, रंगशाला छिर्न तछाडमछाड)को समापन समारोहमा धेरैको चासो देखिएको छ । समापनमा फुटबल फाइनल राखिएकाले मात्र चासो बढेको होइन । नेपाल फाइनलमा खेल्दै गरेकाले चासो बढेको हो ।
फाइनलको टिकटको मूल्य दोब्बर राखिएपनि केही घन्टाभित्रै सोमबार सकिएको थियो । टिकट ब्ल्याकमा विक्री भएको खबर आएको छ ।
फुटबल फाइनलमा नेपाल भुटानसँग भिड्दैछ । यसपटक सागमा नेपालको प्रदर्शन उत्कृष्ट भएकाले झ्न चासो बढेको छ । नेपालले ५० स्वर्ण जित्ने लक्ष्य लिएकोमा त्यो सफल हुने निश्चित भइसकेको छ ।
समापनमा प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् । उनी एक हप्ता अस्पतालमा बसेर बालुवाटारमा आराम गरिरहेका छन् । सागको फाइनलमा उनी सहभागी हुने निश्चित भइसकेको छ । File Photo