Logo

मस्तिष्क शल्यक्रिया गर्दैगर्दा महिलाले बजाइन् बासुरी



यो दुनियाँमा एक से एक प्रतिभा भएका मानिसहरु छन् । कोहीको प्रतिभाले मन्त्रमुग्ध पार्छ भने कोहीको प्रतिभाले हैरान समेत पार्दछ । यस्तेै घटना भएको छ अमेरिकामा, एकजना महिला एना हेनरी वंशाणुगत रोगको कारण अस्पताल पुगिन् र उनको रोग अनुसार सर्जरी गर्नुपर्ने भयो ।

अमेरिकाको मेमोरियल हरमन अस्पतालमा हेनरीलाई भर्ना गरियो । उनको अपरेशन थिएटरमा ब्रेनको सर्जरी भइरहेको थियो । त्यहि समय बासुरीको धुन पनि बज्न थाल्यो । सबै डाक्टरहरु छक्क परे । बासुरीको धुन विरामी एनाले नै बजाएकी थिइन् । उनी बच्चा देखि नै रोगबाट पिडित थिइन् । रोगका बाबजुद उनी बाँसुरीकी सौखिन थिइन् । उनले शल्यक्रियाका बेलामा पनि बासुरी बजाइन् ।



प्रतिक्रिया दिनुहोस्