जोसंग धेरै उठबस हुन्छ उसैको माया बढी हुन्छ । यो कटु सत्य हो । जँहा झगडा त्यहा माया पनि धेरैे हुन्छ । माया र झगडा हुने नै जीवन साथीसँग हो । आफ्नो परिवारको माया कसलाई हुन्न र । माया देखाउने पनि आफ्नै तरिका हुन्छ । यँहा एउटा रोचक घटना भएको छ ।
रसेल डेविसनको ५० वर्षीय श्रीमती वेंडी डेविसनको मृत्यु भएको थियो । उनको लासलाई श्रीमान रसेलले जलाउन दिएनन् । वेंडी १० वर्ष देखि क्यान्सर रोगबाट पिडित थिइन् ।
रसेलले आफ्नो पत्निको शवलाई शवदाह गृह लैजान दिएनन् र उनको शवलाई सबैभन्दा पहिला आफ्नो ओछ्यानमा राखेका थिए । पछि पत्निको शवलाई एक साइडमा राखेका थिए । आफुलाई भन्दा धेरै आफ्नी श्रीमतीलाई माया गर्ने पनि उनले बताएका छन्् । २००६ मा वेंडीलाई क्यान्सर भएको थाहा पाएका थिए । लामो समयसम्म उपचार गरेपनि उनको मृत्यु भएको थियो ।
वेंडीको अन्तिम सास हुदा नै रसेलले घरमा ल्याउन चाहेका थिए । सास गईसकेपछि ल्याएर उनी मृत श्रीमती संग ६दिन सम्म एउटै कोठामा सुतेका हुन् । रसेलले ६ दिनको दौरानमा आफ्नो निवासमा शान्ती मिलेको बताएका छन् । आफ्नो नातेदार कोठामा आएपछि शवलाई हेरेर भावुक बन्थे, तर केहि समयपछि आनन्द महसुस गरेका थिए । आफन्तहरु आएर विलौना गरिरहेका बेला उनलाई भने आनन्द मिल्थ्यो ।