हामीले सोचीरहेका हुन्छौ की स्कुलको शिक्षक मानिसक मात्र बन्न सक्छ । अन्य जीवजन्तु शिक्षक बन्लान् भन्ने मनमा पनि लाग्दैन । तर, कुकुरले पनि शिक्षक बन्न सक्छ वा सिकाउन सक्छ भन्ने बेलायतमा प्रमाणित भएको छ । बेलायतको कलेजमा नौ महिनाको एक कुकुरले तनाव भगाउने विषयमा शिक्षा दिइरहेको छ । दुनियाँभर यसको चर्चा भइरहेको छ ।
परीक्षामा विद्यार्थीहरु धेरै अत्तालिने गर्छन् । सारा विद्यार्थीहरुको तनाव हटाउनको लागि यो कुकुरले काम गरेको हुन्छ । कुकुरले विद्यार्थीहरुलाई भरपुर मनोरन्जन दिने गरेको प्रधानध्यापकले बताएका छन् । त्यसले पुच्छर हल्लाएर बच्चाहरुको शरीर चेक गर्ने पनि गर्छ ।
त्यो कुकुरको नाम शोला हो । शोलाले तनाव लिएर हिडेका विद्यार्थी देख्न नै सक्दैन । विद्यार्थीको नजिक गइहाल्छ । शोला नजिक गयो भने विद्यार्थीहरु तनाव मुक्त हुने गरेका छन् । एकदिन एक विद्यार्थीलाई तनाबको कारण परिक्षा नदिने भएको थियो, उसले शोलासंग भेट्यो र तनाव मुक्त भएर परिक्षा दिन कोठामा पस्यो ।
सबै विद्यार्थीसंग खेल्ने र मनोरंन्जन मात्र दिदैनन् तनावमुक्त नै गरिदिन्छन् । उसको नाम तीन सय व्यक्तिको सल्लाह अनुसार शोला राखिएको थियो । कलेजमा प्राथनाको समयमा उनले प्रस्तुती दिएका थिए । उक्त समयमा धेरै मानिसको उत्साह बढाएका थिए ।