Logo

दुष्ट भाइरससँग जित हाँसिल हुन्छः सी जिनपीङ्



काठमाडौं, माघ १५ । चिनियाँ राष्ट्रपति सी जिनपीङ्ले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताएचिनियाँ राष्ट्रपति सी जिनपीङ्ले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट १०६ जनाको ज्यान गएको छ भने ४५ सय सक्रमित भएका छन् ।

चीनमा कोरोनाभाइरसका कारण भएका अधिकांश मृत्युका घटना वुहान शहर रहेको हुबेइ प्रान्तमा भएको छ।सुरुमा मर्नेहरूमा ती पाका उमेरका बिरामी थिए जसमा स्वासप्रस्वाससम्बन्धी दीर्घ रोग थिए। हालैका समयमा मारिनेहरूको भने विस्तृत विवरण आएका छैनन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मङ्गलवार चीनले सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्