Logo

‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली



काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय सदस्यहरुलाई अमेरिकी सहयोग एमसिसीबारे ब्रिफिङ गरेका छन् । उनले एमसीसी सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरेको हो । त्यो राष्ट्र हित विपरित छैन् । एमसीसी सम्झौता गर्दा संसदबाट पास गर्नुपर्ने व्यवस्था राखिएको छ । यो अस्तिनै पास भइसक्नु पर्ने विषय हो । अस्तिनै पास भइसक्नु पर्ने थियो’ ओलीले भने,‘ विवाद पनि भएको छ । र, खर्च पनि हामीले व्यहोर्न पर्ने भएको छ ।’

उनले एमसिसीबारे धेरै विवाद गर्नुपर्ने विषय नभएको स्पष्ट पारे । ‘एमसिसी सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन, जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ ।’

एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु पनि बेकार भएको टिप्पणी गरे । ओलीले थपे,‘कुन देशको के इन्ट्रेस्ट छ भन्ने तरि जाने होइन । हाम्रो प्राथमिकतामा ग्रहण गर्ने हो । अरुका निमित्त गर्ने होइन । हाम्रा लाभका लागि गर्ने हो । अरुका के इन्ट्रेष्ट होला भनेर त्यसको पछाडि जाने कुरा उपयुक्त होइन । ’



प्रतिक्रिया दिनुहोस्