चीनले दुई दिनमै कोरोना भाइरसबाट संक्रमित विरामीको उपचार गर्न अस्पताल निर्माण पूरा गरेको छ । एक हजार आकस्मिक शैया रहेको अस्पताल खाली भवनमा निर्माण पूरा गरिएको हो ।
उहान शहर नजिकै रहेको एक खाली भवनमा दुई दिनमै आकस्मिक सेवा र सामानसहितको अस्पताल तयार गरेर चीनले सँसारलाई चकित पारेको छ । अस्पतालमा अत्यावश्यक सेवा समेत राखिएको छ ।
यसै हप्ताको अन्तमा अर्को अस्पताल तयार हुँदैछ । छ दिनमै अस्पतालको निर्माण पूरा हुने गरी काम भइरहेको जनाइएको छ ।
चीनमा कोरोना भाइरसबाट १३२ को ज्यान गइसकेको छ । विश्वभर छ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमितहरु भेटिएका छन् ।
–एजेन्सी