Logo

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनमा बस्ने नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था छैन्



काठमाडौं, १६ माद्ध । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताए । उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए ।  फिर्ता बोलाएपछि अमेरिका लगायतका देशले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेका छन् ।

चीन लगायत विश्वका दर्जनभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्