Logo

कोरोना भाइरसः विमानस्थलमा कडाई



काठमाडौं, माघ १७ । नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । हाल विश्वका १६ देशमा संक्रमण भटिएको उक्त भाइरसको महामारी नेपालमा भित्रिन नदिन कडाई गरिएको अध्यागमन विभागले जनाएको छ ।

विमानस्थलमा मात्रै नभई मित्रराष्ट्र चीनसंग जोडिएका नाकामा समेत हेल्थ डेस्कको स्थापना गरेको सरकारको दाबी छ । हालसम्म नेपालमा चीनबाट आएका दुई जना विद्यार्थीमा कोरोना भाइरसको सक्रमण देखिएको जनाइए पनि उनीहरुको परिचय भने गोप्य राखिएको छ ।

बुधबार मात्रै अन्नपूर्ण पदमार्गबाट फर्किएका एक चीनियाँ दम्पतीमा समेत उक्त भाइरसको सक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । त्रिभुवन विमानस्थलमा आगमन गर्न यात्रुलाई विशेष निगरानी गरेको विमानस्थल स्रोतले जानकारी गराएको छ ।

हाल विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हेल्थ डेस्कको स्थापना गराई प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

उक्त हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । विमानस्थलमा चीनबाट आउने जहाजलाई छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्